डुबेर बेपत्ता भएका बालकको शव फेला

२०८२ श्रावण १० शनिवार
सारांश
  • बोलबमका लागि जल भर्ने क्रममा शुक्रबार साँझ नदिमा डुबेर बेपत्ता भएको बालकको शव शनिबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–१  बागमती नदी (नुनथर)मा जल भर्ने क्रममा डुबेर बेपत्ता भारतीय बालकको शव फेला परेको छ ।

 

बोलबमका लागि जल भर्ने क्रममा शुक्रबार साँझ नदिमा डुबेर बेपत्ता भएको बालकको शव शनिबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र सशस्त्र प्रहरीको संयुक्त टोलीले बालकको खोजी गर्ने क्रममा शव फेला परेको रौतहट प्रहरी  प्रवक्ता तथा  प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले बताए ।

 

भारत बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया बस्ने शिवशङ्कर साहका १४ वर्षीय छोरा पवन कुमार साहको शव फेला परेको उनले जानकारी दिए ।

 

बालकको घटनास्थलदेखि करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा  शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बालकको शवलाई परिवारलाई जिम्मा दिएको र उक्त घटना सम्बन्धमा आवश्यक  अनुसन्धान भैइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार